८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँ उपत्यकाको वायु गुणस्तर आगामी एक सातासम्म खराब रहने

आईक्यूएयर ले मंसिर २३ गतेसम्म उपत्यकाको वायु गुणस्तर १११ देखि १३८ एक्यूआईसम्म रहन सक्ने अनुमान गरेको छ।



Unhealthy
  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ७७
  • काठमाडौँ उपत्यकाको वायु गुणस्तर आगामी एक सातासम्म खराब रहने अनुमान गरिएको छ। वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले मंसिर २३ गतेसम्म उपत्यकाको वायु गुणस्तर १११ देखि १३८ एक्यूआईसम्म रहन सक्ने अनुमान गरेको छ।

    सोमबार बिहान ९:३२ बजेको मापनअनुसार उपत्यकाको एक्यूआई १७२ पुगेको छ, जसले गर्दा काठमाडौँ विश्वको प्रदूषित सहरमध्ये सातौँ स्थानमा पुगेको छ।

    वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अनुसार ०–५० स्तर राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

    वातावरण विभागले उच्च एक्यूआईका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। एक्यूआईले हावामा मिसिएका आँखाले नदेखिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, र नाइट्रोजन अक्साइडको मात्रा जाँच्ने गर्छ।

    वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई घरभित्रै बस्न र अत्यावश्यक भएमात्र बाहिर निस्कन सल्लाह दिएको छ।