पोखरा – नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल ९ मतको अन्तरले निर्वाचित भएका छन्। उनले १०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत पाएका थिए।
उपाध्यक्षमा माधव रेग्मी, महिला उपाध्यक्षमा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिव खुलामा मधु अधिकारी, समावेशी सहसचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा राजाराम पौडेल विजयी भएका छन्।
बरालले महासंघमा सुशासन र पारदर्शिता कायम गर्न प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस