काठमाडौं, पुस ७ – सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको क्यामेरा भवनमा सुरु भएको छ।
सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत गरिनेछ। यसका साथै, भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरूले पनि प्रस्तुति दिनेछन्।
सम्मेलनमा पत्रकारिता प्राध्यापक पी. खरेलको बहुच्यालन र दर्शक खण्डीकरण विषयमा विशेष प्रस्तुति रहनेछ। यद्यपि, सम्मेलनका अन्य प्रमुख विषयहरूमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचनाविरुद्धको लडाइँ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध र पत्रकारिताको दिगोपनाबारे संवाद हुनेछ।
सम्मेलनको उद्देश्य पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्नु, संवाद संस्कृतिको विकास गर्नु र नयाँ प्रविधिले ल्याएका अवसर र चुनौतीहरूको सामना गर्न सहयोग गर्नु रहेको छ। उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. केदारप्रसाद रिजालले गर्नेछन्। सम्मेलन दुई दिनसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस