३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखाको बिभिन्न ठाउँमा बिजुली अवरुद्ध

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लो टार, तल्लो टार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको छ । 



Bijuli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५८
  • गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ४ ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले बिजुलीका पोलमा क्षति पुर्‍याएपछि पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ धारापानी जोड्ने झोलुङ्गे पुल बगाउँदा, चारवटा बिजुलीका पोलमा क्षति पुगेको हो। 

    नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणि अधिकारीका अनुसार, खम्बामा टाँगिएका तारहरू त्रिशुली नदीले बगाएको छ, जसका कारण नयाँ तार जडान गर्ने तयारी भइरहेको छ। क्षतिग्रस्त खम्बाहरू मर्मत गरिसकिएको र विद्युत् सेवा चाँडै पुनः सञ्चालनमा आउने योजना छ। 

    विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लो टार, तल्लो टार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको वडाध्यक्ष यामबहादुर थापाले बताएका छन्।