९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा फेरि एक नेपाली युवतिले गरिन आत्महत्या



  • सिमोन भट्टराई
  • १२ महिना अघि
  • पाठक संख्या १३७८
  • कुवेत - पछिल्लो समय कुवेतमा घर्यासी कामको लागि आउने  नेपालि महिलाहरुको संख्या बढ्दो छ।  वैधानिक रूपमा घरेलु  कामको लागि आउने अनुमति नभए तापनि दलाल हरुको मध्यम बाट तेस्रो मुलुक हुँदै घर्यासी काममा आउने गरेका छ्न  घरेलु  कामदारको सङ्ख्या बढे सँगसँगै दिनानु दिन विभिन्न समस्यामा परी आफ्नो ज्यान गुमाउनेको  संख्या पनि बढ्दो क्रममा छ।

    यस्तै घटना आज पानी भएको छ  घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।

    वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।

    मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेतले  घर परिवार , एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ ।