२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लगातार तीन वर्षको सफलता: नेपाली विषयमा उच्च उपलब्धि

शहिद लखन गाउँपालिकामा शिक्षिकाको अद्वितीय सफलता: नेपाली विषयमा तीन वर्षको उच्च उपलब्धि



Sita Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९७९
  • गोर्खा - शहिद लखन गाउँपालिकाकी एक शिक्षिकाले यस वर्षसमेत गरेर लगातार नेपाली विषयमा तीन वर्षको उच्च उपलब्धि हासिल गर्नु भएको छ ।

    रामेश्वरी माध्यामिक बिद्यालय ८, मैलुङमा कार्यरत शिक्षिका सिता लामिछाने लाई राष्ट्रिय शिक्षा दिवस २०८१ को मौकामा यस वर्षमा पनि पालिका भरिकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भनि प्रमाणपत्र र दोसल्लासहित सम्मानित गरियको छ ।

    उहाँले शैक्षिक सत्र २०७८, २०७९, र २०८० का कक्षा ८ र १० का वार्षिक परीक्षामा नेपाली विषयमा लगातार तीन पटक उच्च सिकाई उपलब्धि हासिल गर्न सफल हुनुभएको हो । गाउँपालिकाभरिका विद्यालयहरूबीच यो उपलब्धि विशेषरूपमा सराहनीय मानिएको छ। 

    यसै क्रममा, राष्ट्रिय शिक्षा दिवस २०८१ मा आयोजित अन्तर विद्यालय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा समेत ती शिक्षिका सन्त्वना स्थान प्राप्त गरि सम्मानित हुनुभएको हो। सहिद लखन गाउँपालिकाको शिक्षा शाखाले शिक्षिकाको यो निरन्तर प्रयास र सफलता प्रति विशेष आभार प्रकट गरेको छ।

    यसरी लगातार सफलता प्राप्त गरेपछि उहाँ निकै खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ," परिश्रमको फल मिठो हुन्छ, गर्न कहिल्यै छाड्न हुँदैन । संघर्ष र मिहिनेतबाट नै लक्ष्य पूरा गर्न सकिन्छ। गाउँपालिकाबाट सम्मानित हुँदा म अत्यन्तै खुशी छु। यो सफलता मेरा विद्यार्थी भाइबहिनीहरूको हो, जसले मलाई यो सम्मान दिलाए। उनीहरूलाई विशेष धन्यवाद।"