६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा नेपाली उद्यमशीलताको चम्किलो सफलता

प्रेम गुरुङ, निर गुरुङ र राम गुरुङको ‘हिमालयन हाउस’ ब्रान्ड विस्तारको नयाँ उचाइमा



  • सिमोन भट्टराई
  • ४ दिन अघि
  • पाठक संख्या ४३८
  • कुवेत – झन्डै एक दशकअघि सामान्य कामदारको रूपमा कुवेत प्रवेश गरेका दाजुभाइ प्रेम गुरुङ, राम गुरुङ र निर गुरुङ आज सफल व्यवसायीका रूपमा परिचित छन्। उनीहरूको मेहनत, दूरदृष्टि र साहसिक निर्णयले कुवेतमा नेपाली उद्यमशीलताको नयाँ मानक स्थापित गरेको छ।

    विशेषगरी, प्रेम गुरुङको लामो अनुभव, अथक मेहनत, समर्पण (dedication) र नयाँ सोच (new concept) नै आजको दिनमा ‘हिमालयन हाउस ग्रुप अफ कम्पनी’लाई सफलतापूर्वक नेतृत्व गरिरहेको प्रमुख कारण बनेको छ।

    महामारीमा साहसिक शुरुवात

    कोरोना महामारी फैलिएको २०१९ मा, जब धेरैले रोजगारी जोगाउन मात्र संघर्ष गरिरहेका थिए, दाजुभाइले ‘हिमालयन हाउस’ नामक रेस्टुरेन्ट सुरु गरे सुरुका दिनमै प्रामाणिक स्वाद र उत्कृष्ट सेवाले ग्राहकको विश्वास जित्यो छोटो समयमै ‘हिमालयन हाउस’ कुवेतमा नेपाली खानाको पर्याय बन्दै गयो।


    बहुआयामिक व्यवसाय विस्तार

    ‘हिमालयन हाउस’ ब्रान्ड अन्तर्गत कुवेतमा विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् प्रत्येक शाखाको विवरण निम्नानुसार छ:

    १. हिमालयन हाउस रेस्टुरेन्ट (साल्मिया र फर्वानिया)

    कुवेतमा नेपाली खानाको प्रमुख पर्याय बनेको रेस्टुरेन्ट यहाँ नेपाली, इन्डियन, चाइनिज, भुटानी र अन्य अन्तर्राष्ट्रिय परिकार उपलब्ध छन् प्रामाणिक स्वाद, ताजा सामग्री र गुणस्तरीय सेवा ग्राहकको मन जित्न प्रमुख कारण बनेका छन्।

    २. दम्पा लाउन्ज सिफुड रेस्टुरेन्ट (Dampa Lounge Seafood Restaurant) – साल्मिया

    साना–ठूला कार्यक्रमहरू, वैवाहिक वार्षिकोत्सव, जन्मदिन र अन्य समारोहका लागि उपयुक्त हल सुविधा सहितको रेस्टुरेन्ट विशेषगरी सी–फुड (समुद्री खानेकुरा) परिकारका लागि प्रसिद्ध, यहाँको वातावरण सौहार्दपूर्ण र सेवा उत्कृष्ट छ, जसले यादगार अनुभव प्रदान गर्दछ।

    ३. हिमालयन म:म हर्ट (साल्मिया)

    नेपाली म:म र विभिन्न नेपाली स्न्याक्समा विशेषज्ञ हल्का खाना, चटपटे स्न्याक्स र परम्परागत स्वादका लागि लोकप्रिय। कुवेतमा नेपाली समुदायसँगै अन्तर्राष्ट्रिय ग्राहक पनि यहाँको स्वादमा आकर्षित छन्।

    ४. हिमालयन स्नेक हाउस (साल्मिया)

    छोटो खाना र हल्का मील्सको लागि विशेष। विभिन्न स्न्याक्स, स्यान्डविच, चटनीयुक्त र हल्का परिकार उपलब्ध छन्। विद्यार्थी, कामदार र व्यस्त जीवनशैली भएका व्यक्तिहरूको लागि उत्तम विकल्प।


    ५. लेडिज हिमालयन ब्युटी सलोन (साल्मिया)

    महिला सौन्दर्य र आत्मविश्वास बढाउने केन्द्र यहाँ मेकअप, हेयर स्टाइलिङ, स्किन केयर र नेल आर्ट सेवा प्रदान गरिन्छ। अनुभवी ब्यूटिसियनले ग्राहकको आवश्यकता अनुसार व्यक्तिगत सेवा सुनिश्चित गर्छन्।



    ६. अरबिका कफी हाउस (साल्मिया)

    आरामदायी वातावरणमा आधुनिक कफी र हल्का खाजा उपलब्ध नेपाली र अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि उपयुक्त। यहाँको आधुनिक डिजाइन, शान्त वातावरण र गुणस्तरीय पेय पदार्थले कफी प्रेमीहरूलाई आकर्षित गर्छ।
    छिट्टै, अरबिका कफी हाउसको नयाँ शाखा नेपालमा, काठमाडौंको दरबारमार्गमा उद्घाटन हुँदैछ।

    ७. अनलाइन अर्डर सुविधा

    ‘हिमालयन हाउस’का सबै शाखाबाट ग्राहकहरूले तालाबत (Talabat), दुकान (Dukan), क्याच (Katch), डेलिभरू (Deliveroo), जाहेज (Jahez) मार्फत घरमै छिटो र गुणस्तरीय खाना अर्डर गर्न सक्छन्।

    भविष्यका योजना र प्रेरणा

    प्रेम गुरुङ, राम गुरुङ र निर गुरुङका अनुसार, “सफलता भाग्यले होइन, निरन्तर मेहनत र इमान्दार सेवाले प्राप्त हुन्छ” भविष्यमा उनीहरूले नेपाल र अन्य गल्फ मुलुकमा ‘हिमालयन हाउस’ ब्रान्ड विस्तार गर्ने योजना बनाएका छन्।

    कुवेतमा नेपाली स्वादको दूत

    नेपाली सांस्कृतिक पहिचान, प्रामाणिक स्वाद र उत्कृष्ट सेवा प्रदर्शित गर्दै ‘हिमालयन हाउस’ आज कुवेतमा नेपाली समुदायको गौरवको रूपमा स्थापित छ।

    यदि तपाईंले अझै ‘हिमालयन हाउस’को सेवा सुविधा अनुभव गर्नुभएको छैन भने, एकपल्ट सेवा लिने र यसको स्वाद र गुणस्तरको अनुभव लिनुहोस्।