२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल–अमेरिकाको सहकार्यमा नयाँ नेपाली गीत 'धानको बाला' सार्वजनिक

नेपाल–अमेरिकाको सहकार्यमा नयाँ नेपाली गीत 'धानको बाला' सार्वजनिक भएको छ।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ६३३
  • काठमाडौं, वैशाख ८ - नेपाली मायाप्रेममा आधारित एक नयाँ गीत 'धानको बाला' सार्वजनिक भएको छ, जसमा नेपाल र अमेरिका दुवै स्थानका कलाकारहरूको सहकार्य रहेको छ।

    यस गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले भरेका छन्। विशाल निरौलाले गीतको संगीत संयोजन गरेका छन्।

    यो गीत अमेरिकाको क्लीभल्यान्डस्थित आर एण्ड बी स्टुडियो र काठमाडौंको अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो। गीतमा गायक गणेश प्रधान र गायिका रोजिना बस्नेतको आवाज सुन्न सकिन्छ।

    गीतकी निर्माता हरिमाया प्रधान हुन्, जसले यो प्रोजेक्टलाई साकार बनाउन विशेष भूमिका खेलेकी छन्।