३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विमानस्थलका सरसफाइकर्मी कर्मचारीहरू दश दिनदेखि आन्दोलनमा

तलब माग गर्दै सरसफाइकर्मी कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको आन्तरिकतर्फ कुनै पनि फोहर नउठाएको र सरसफाइ नहुँदा फोहरको थुप्रो जम्मा भएको छ । 



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४६
  • काठमाडौँ, चैत्र २१ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइकर्मी कर्मचारीहरू तलब नपाएको विरोधमा दश दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुसार तलब माग गर्दै सरसफाइकर्मी कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको आन्तरिकतर्फ कुनै पनि फोहर नउठाएको र सरसफाइ नहुँदा फोहरको थुप्रो जम्मा भएको छ । 

    सरसफाइकर्मी कर्मचारीले फोहर नउठाउँदा धेरै यात्रुहरुले विमानस्थलको आन्तरिकतर्फको क्षेत्र निकै दुर्गन्धित भएको गुनासो गरिरहेका छन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने सरसफाइकर्मी कर्मचारीहरूको तलबका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण स्थित सञ्चालक समितिमा पत्राचार भइसके पनि समितिले निकासा नदिएका कारण उनीहरूको तलब दिन नसकिएको बताएका छन् । 

    उनले भने, “तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । समितिले तलब निकासाका लागि निर्णय सहितको पत्र नदिएका कारण कार्यालयले तलब दिन नसकेको हो । सरसफाइकर्मी कर्मचारीले विमानस्थलको फोहर उठाउने कार्य पुरै ठप्प पारेका छन् ।”