३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानन्यायाधीश र पूर्वराजाबीचको भेट सम्बन्धी समाचारविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा

उक्त समाचार प्रकाशित गर्ने नेपाली पेन अनलाइनलाई विपक्षी बनाई मंगलबार अवहेलनाको मुद्दा दर्ता गरेका हुन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १३५
  • काठमाडौं, वैशाख १० - प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको भन्ने समाचार प्रकाशित भएपछि सो समाचारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ।

    सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले उक्त समाचार प्रकाशित गर्ने नेपाली पेन अनलाइनलाई विपक्षी बनाई मंगलबार अवहेलनाको मुद्दा दर्ता गरेका हुन्।

    उक्त मुद्दा बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पहिलो नम्बरमा पेशीका रूपमा परेको छ।

    'प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?' भन्ने शीर्षकमा सोमबार नेपाली पेन अनलाइनले समाचार प्रकाशित गरेको थियो। यद्यपि हाल उक्त समाचार सो वेबसाइटबाट हटाइएको छ।

    यस विषयमा सर्वोच्च अदालतले के निर्णय लिन्छ भन्ने चासो बढेको छ, किनभने प्रधानन्यायाधीशजस्तो संवैधानिक पदाधिकारीको भेटघाट र त्यसमा सार्वजनिक गरिएको सूचनाको वैधानिकता बारे पनि बहस हुने देखिएको छ।