३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काभ्रे बाढी : चौथो दिनसम्म पनि रेणुकाको अत्तोपत्तो छैन, खोजीमा तालिमप्राप्त कुकुर प्रयोग

रेणुका गिरी बाढीले बगाएको आज चौथो दिन पुगेको छ। तर, अहिलेसम्म उनको अवस्था अज्ञात नै रहेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१८
  • काभ्रे, जेठ १ — काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीले बगाएको आज चौथो दिन पुगेको छ। तर, अहिलेसम्म उनको अवस्था अज्ञात नै रहेको छ।

    वैशाख २९ गते खेतबाट घर फर्किने क्रममा घर नजिकैको खहरे खोलाले उनलाई बगाएको थियो। घटना भएको दिनदेखि नै स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी कार्य जारी राखिरहेका छन्।

    बुधबार लड्केश्वर र पिपलटार क्षेत्रसम्म व्यापक खोजी गरिए पनि उनी फेला परेकी छैनन्। आजदेखि भने प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरी खोजी कार्यलाई तीव्रता दिएको छ।

    सोही दिन परेको मध्यम खालको वर्षापछि आएको बाढीले पनौती र रोशी क्षेत्रका सडक, खानेपानी र कृषि क्षेत्रलाई समेत व्यापक क्षति पु‍र्‍याएको थियो।

    बेपत्ता गिरीको सकुशल फेला पार्न परिवार र स्थानीयले आशा व्यक्त गरेका छन्।