२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खाडी उडान रद्द भएपछि त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र

इरानले आक्रमण गरेपछि खाडी मुलुकतर्फका उडानहरू रद्द गरिएपछि सयौं यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ८२
  • काठमाडौं, असार १० - कतारमा इरानले आक्रमण गरेपछि खाडी मुलुकतर्फका उडानहरू रद्द गरिएपछि सयौं यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।

    सोमबार राति ११ बजे कतारको दोहातर्फ उड्न लागेको नेपाल एयरलाइन्सको उडान अन्तिम समयमा रोकिएपछि वैदेशिक रोजगारीका लागि गइरहेका धेरैजसो यात्रुहरू विमानस्थलमै रात बिताउन बाध्य भएका थिए।

    नेपाल एयरलाइन्सको दोहा उडान आज (मंगलबार) दिउँसो १२ बजेका लागि सारिएको छ। एयरलाइन्सले आक्रमणको सूचना पाएसँगै सोमबार राति यात्रुहरूलाई विमानमा बोर्ड गराउने तयारी रोकिएको थियो।

    राति १ बजेतिर सुरक्षाकर्मीले यात्रुहरूलाई विमानस्थलको भीडभाड क्षेत्रमा नबस्न आग्रह गर्दै हटाएका थिए। कतिपय यात्रुहरू विमानस्थलको खुला स्थानमै सुतेका थिए भने धेरैजसो अलमल र अन्योलमा परेका थिए।

    हाल कतारको दोहामा हवाई मार्ग पुनः सुचारु गरिएको छ भने स्थिति शान्त हुँदै गएकाले खाडी मुलुकतर्फका उडानहरू क्रमशः नियमित हुँदै जाने जानकारी विमानस्थल स्रोतले दिएको छ।

    वैदेशिक रोजगारीमा जान लागेका यात्रुहरू उडान स्थगनपछि चिढिएका छन् भने चाँडो समाधानको माग गरिरहेका छन्।