३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली संसदमा अनुपस्थित, प्रश्नोत्तर स्थगित



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २३८
  • काठमाडौं, भदौ ४ - प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा प्रतिकूलता देखिएको कारण उनले संसदमा तय भएको प्रश्नोत्तर कार्यक्रममा भाग लिन नसक्ने जनाइएको छ।

    एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिँदै भने, “प्रधानमन्त्री स्वास्थ्य कारणले आजको बैठकमा आउन सक्ने अवस्था छैन।”

    प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूले प्रश्न सोध्ने कार्यसूची तय गरिएको थियो । तर, स्वास्थ्य समस्या देखिएपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो।