३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट राजीनामा दिए



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या २६८
  • काठमाडौं, असोज ७ - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व छाडेका छन्।

    बुधबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष पदबाट राजीनामा पेश गरेका हुन्। सोही बैठकले विद्यमान केन्द्रीय समिति विघटन गर्ने र पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने निर्णय गरेको एक नेताले जानकारी दिए।

    महाधिवेशन तयारीका लागि आयोजक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त समितिको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई जिम्मेवारी दिने तयारी भएको स्रोतले बताएको छ।