३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कांग्रेसको आन्तरिक राजनीति तातेपछि सभापति देउवा ‘समाधान खोजी’ मोडमा



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १११
  • काठमाडौं, मंसिर ११ - नेपाली कांग्रेसभित्र महाधिवेशनको समयसीमासम्बन्धी विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा समाधान खोज्ने प्रयासमा सक्रिय भएका छन्। पार्टीभित्र महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा नेताहरूबीच मतभेद बढेपछि देउवाले संस्थापन पक्षसँग गोप्य छलफल थालेका हुन्।

    देउवाको निजी निवासमा भएको चर्चामा पूर्वउपसभापति विमलेन्द्र निधि, नेताहरू प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजय गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा संस्थापन पक्षका पदाधिकारीहरू सहभागी रहे। छलफलमा सहभागी एक नेताका अनुसार देउवाको नेतृत्वमै सहमति जुटाउने प्रयास भइरहेको छ।

    कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान लिइरहेको छ। तर महासचिव गगन थापा, महासचिव विश्वप्रकाश शर्मा लगायतका नेताहरू भने चुनावभन्दा अगाडि नै महाधिवेशन अनिवार्य हुनुपर्ने पक्षमा अडिग छन्। यही द्वन्द्वकै कारण देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकि आफू अनौपचारिक समन्वयमा जुटेको देखिएको छ।

    स्रोतका अनुसार देउवा विशेष महाधिवेशन गर्ने पक्षमा नरहेको स्पष्ट संकेत दिँदै आएका छन्। तर, निर्वाचनअघि महाधिवेशन प्रक्रिया थाल्ने सम्भावनामा भने उनले सकारात्मक दृष्टिकोण देखाएका छन्।

    यसअघि असोज २९ गते कांग्रेसका २,४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित कार्यवाहक सभापति खड्कालाई हस्ताक्षरित पत्र बुझाएका थिए, जसले पार्टीभित्रको विवाद थप खुलेर देखिएको हो।