१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माछापोखरीबाट टिकट काउन्टर हटाइयो, धादिङ–नुवाकोट रुटका सवारी अब बसपार्कभित्रबाटै सञ्चालन गरिने



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५९
  • काठमाडौं, वैशाख ११ - माछापोखरी क्षेत्रमा रहेका टिकट काउन्टरहरू हटाइएको छ । महानगरीय ट्राफिक प्रहरीले उक्त क्षेत्रबाट सञ्चालन हुँदै आएका काउन्टरहरू हटाएको जनाएको हो ।

    प्रहरीका अनुसार माछापोखरीबाट धादिङ र नुवाकोटतर्फ जाने बस तथा माइक्रोबसहरू आजदेखि त्यहाँबाट सञ्चालन हुने छैनन् । ती सवारीसाधन अब नयाँ बसपार्कभित्रबाटै छुट्ने व्यवस्था गरिएको छ ।

    त्यससँगै बिजी मल आसपासका टिकट काउन्टरहरू पनि हटाइएको ट्राफिक प्रहरीले जनाएको छ । अनधिकृत स्थानबाट सवारी छुट्ने अवस्थालाई नियन्त्रण गर्न यो कदम चालिएको हो ।

    काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क बाहेक अन्य स्थानबाट उपत्यकाबाहिर जाने सार्वजनिक सवारी छुटाउन रोक लगाएको छ । सो निर्णय कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सक्रिय रूपमा व्यवस्थापन गरिरहेको छ ।

    यस कदमपछि अब उपत्यकाबाट बाहिरिने सवारीसाधनहरू व्यवस्थित रूपमा बसपार्कभित्रैबाट सञ्चालन हुने अपेक्षा गरिएको छ ।