२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी

बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या २०६
  • हेटौंडा - बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री निवासमा आगलागी भएको छ।

    आइतबार साँझ करिब ७:४० बजेको समयमा हेटौँडा उपमहानगरपालिका-९ स्थित लामसुरेमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको निवासमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगो लागेको हो। 

    आगलागीबाट इन्भटर ब्याट्री, इन्भटर ब्याट्रीको पावर सप्लाई बक्स, राउटर, कार्पेट, गलैँचा , जिप्सनको क्षति भएको छ। आगलागीमा अन्य मानवीय क्षति नभएको र हेटौंडा उपमहानगरको दमकलको प्रयोग गर्दै नेपाल प्रहरीको सहयोगमा पूर्ण रूपमा आगो नियन्त्रणमा लिइसकेको मकवानपुर प्रहरी प्रवक्ता भण्डारीले बताए।