रसुवा, भदौ १६ - भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ।
उद्धार गरिएका परिवारलाई स्याफ्रुवेंशीबाट जिल्ला सदरमुकाम धुन्चे ल्याइएको थियो। त्यसपछि थप उपचार तथा सुरक्षित व्यवस्थापनका लागि उनीहरूलाई काठमाडौं पठाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै भारत, चीन र दक्षिण कोरियाबाट आएका विशेषज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा खटिएका छन्।
प्रतिक्रिया दिनुहोस