
नरेश भट्टको वकिलले अदालतमा ममता काफ्ले भट्ट अझै जीवित रहेको दाबी गरेका छन् । उनका अनुसार ममताले जुलाई २७ मा एक अपरिचित व्यक्तिको कारमा चढेकी थिइन्।
अमेरिकाको भर्जिनियामा रहस्यमय तरिकाले हराएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्ले भट्टको हत्या भएको शंका भन्ने अनुमान लागाए पनि नरेसका वकिलले जिउंदै भएको दाबि गरेपछि अदालतमा उपस्थित धेरैलाई अचम्मित बनायो । बचाउ पक्षले ममताको कार्यस्थलको भिडियो फुटेज र नरेश र प्रहरी बीचको सम्पर्कको रेकर्डको माग गर्दै अनुसन्धानलाई समर्थन गर्ने प्रमाण खोज्दै छन्।
ममता अन्तिम पटक २०२४ को जुलाई २७ मा उनको कार्यस्थलमा देखिएकी थिइन्, र उनका श्रीमान् नरेश भट्टले उनलाई हराएको रिपोर्ट मात्र अगस्ट ५ मा दर्ता गराएका थिए । जाँचका क्रममा घरको मास्टर बेडरुममा रगतका धब्बा फेला परे, साथै ममताको शवलाई घरबाट तानेर बाहिर निकालिएको प्रमाण पनि भेटियो। प्रहरीले अगस्ट २२ मा नरेश भट्टलाई ममताको शव लुकाएको आरोपमा पक्राउ गर्योे, यद्यपि उनलाई औपचारिक रूपमा हत्याको आरोप लगाइएको छैन।
अनुसन्धान बाट नरेशले जुलाई ३० मा छुरा किनेका पत्ता लागेको थियो, जुन दिन अनुसन्धानकर्ता हरुले ममताको हत्या भएको आशंका गरेका छन्। साथै, नरेश आफ्नो गाडी बेचेर र झोला प्याक गरेर भाग्ने तयारी गरिरहेको पाइएको थियो।
ममताका साथीभाइ र सहकर्मीहरूले लामो समयदेखि उनको वैवाहिक जीवनमा समस्या भएको शंका गरेका थिए। उनले पहिले केही साथीहरूबाट सहयोग लिएकी थिइन् र एकपटक घरेलु हिंसाका कारण अनुहारमा चोट लागेको देखिएको थियो। सहकर्मीहरूले भनेका छन् कि उनले आफ्नो वैवाहिक सम्बन्ध सुधार्ने प्रयास गरे पनि हिंसाको शिकार बनेकी थिइन्।
प्रतिक्रिया दिनुहोस