१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फेरी ह्वात्तै बढ्यो सुनको मुल्य

हिजो ८०० रुपैयाँ घटेको सुन आज फेरी बढेको छ ।



Gold
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१०
  • आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा १,५०० रूपैयाँले बढी हो।

    बिहीबार छापावाल सुनको मूल्य ८०० रुपैयाँ घटी प्रतितोला एक लाख ५५ हजार ६ सय रूपैयाँ पुगेको थियो भने आज फेरी १५०० रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज प्रतितोला ५५ रूपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रूपैयाँमा कारोबार भइरहेकोमा, आज शुक्रबार प्रतितोला एक हजार ९१५ रूपैयाँ पुगेको छ।