१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धादिङको धुनिवेशीमा पहिरोका कारण बाटो अवरुद्ध ।।  दुबैतर्फको बाटो बन्द

लेदोसहितको पहिरोका कारण धादिङको धुनिवेशी नगरपालिका-९ खत्रीपौवामा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 



Prithibi Rajmarg
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४६
  • लेदोसहितको पहिरोका कारण धादिङको धुनिवेशी नगरपालिका-९ खत्रीपौवामा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार दिउँसो सुरुङमार्ग नजिकै पहिरो खसेपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनहरू रोकिएका छन्। 

    जिल्ला प्रहरी कार्यालय धादिङका एक प्रहरी निरीक्षकका अनुसार, लेदो र माटोको ठुलो परिमाणले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, जसलाई पन्छ्याउन समय लाग्नेछ। निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन थप कठिनाइ भएको छ। 

    प्रहरीले घटनास्थलमा आफ्नो कार्य अगाडि बढाएको छ र यसलाई पन्छाउँन दुई घण्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ। यसका साथै त्यस बाटो भएर कतै जान लाग्ने हरुले अर्को बाटो खोज्नु पर्ने हुन्छ ।