३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

समोसामा कीरा फेला परेपछि एक होटललाई २० हजार जरिवाना

सिरहाको लहानमा माखन भोग होटललाई ग्राहकको स्वास्थ्यसँग खेलवाड गरेको आरोपमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु. २० हजार जरिवाना गरेको छ।



Samosa
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४५
  • सिरहाको लहानमा माखन भोग होटललाई ग्राहकको स्वास्थ्यसँग खेलवाड गरेको आरोपमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु. २० हजार जरिवाना गरेको छ। उपप्रमुख रामचलितर महतोको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि कारबाही गरिएको हो। 

    साथै, अनुगमन टोलीले कृष्णा सप्लायर्समा लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेला पारेको छ र ऋषिजल पानी कम्पनीले मिनरल वाटरको मूल्य बढी राखेर बिक्री गरिरहेको भेटियो। कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका पेयपदार्थ नष्ट गर्न निर्देशन दिइएको छ भने ऋषिजललाई स्पष्टीकरण मागिएको छ। 

    संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार, स्थानीय बजार अनुगमनको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ।