१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आज कुन कुन ठाउँमा भारी वर्षा हुन्छ ?

पूर्वी र मध्य क्षेत्र विशेषगरी कोशी र बागमती प्रदेशमा मौसम बदली भएको छ



Rain
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१३
  • देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ, जसका कारण पूर्वी र मध्य क्षेत्र विशेषगरी कोशी र बागमती प्रदेशमा मौसम बदली भएको छ। दक्षिण–पश्चिम बंगलादेश आसपास बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहँदा अन्य क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

    शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र देशका अन्य भागमा आंशिक बदल देखिने अनुमान छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जानकारी दिइएको छ।

    रातिको समयमा पनि देशभर आंशिकदेखि साधारण बदली रहनसक्ने र कोशी, बागमती, गण्डकी प्रदेशका केही भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।