१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हेटौँडा हुँदै काठमाडौँ जोड्ने सडक १ बजेबाट सञ्चालन हुने

हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ जोड्ने सडक खण्डलाई हालैको आजबाट पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको छ।



Sadak
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २०५
  • हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ जोड्ने सडक खण्डलाई हालैको बाढीपहिरोले अवरुद्ध बनाएपछि आजबाट पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

    बागमती प्रदेशका यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डको अन्तिम मर्मत कार्यहरू सकिन लागेको र आज दिउँसो १ बजेबाट सवारीसाधन सञ्चालन गर्न सकिने जानकारी दिएका छन्। 

    कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण तथा महालक्ष्मी खोलाले भत्काएको सडकको मर्मतपछि केही मोटरसाइकलले यात्रा गर्न थालिसकेको छ। कुलेखानी सिस्नेरीतर्फको सडक भने सोमबारसम्म पूर्ण रूपमा खुल्ने सम्भावना रहेको छ।