८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपालमा डेंगुका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो । यसबाट बच्ने उपाय केके हुन्?

नेपालमा हालको समयावधिमा डेंगुका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।



Dengue
  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १२७
  • नेपालमा हालको समयावधिमा डेंगुका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको अनुसार, यो तथ्यांक १ जनवरीदेखि ७ अक्टोबरसम्मको हो। 

    महाशाखाका अनुसार, यस अवधिमा १७,६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ, र ७६ जिल्लामा डेंगु फैलिएको छ। 

    प्रभावित जिल्लामा कास्की सबैभन्दा बढी प्रभावित छ, जहाँ २,७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँमा २,५६७ जना, तनहुँमा १,९५४ जना, पर्वतमा १,४२१ जना र चितवनमा ९०७ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

    प्रदेशअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ८,०६२ जनामा डेंगु देखिएको छ, र बागमती प्रदेशमा ५,५७१ जनामा सङ्क्रमण भएको छ। त्यस्तै, कोशी प्रदेशमा १,४२२ जना, लुम्बिनीमा १,१३५ जना, सुदूरपश्चिम प्रदेशमा ८१८ जना, मधेसमा ३४३ जना र कर्णाली प्रदेशमा २५१ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।

    डेंगुको संक्रमण तीव्र रूपमा, यसका लक्षण र बच्ने उपाय केके हुन् ?