८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१२ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक, ७०% बिद्यार्थी पास

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।



Result Published
  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०४
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। जसमा  ७०.६० प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन्  यो परीक्षा गत भदौ २५ र २६ गते सञ्चालन भएको थियो।

    कुल १,२२,१७१ विद्यार्थीले यो परीक्षामा सहभागी भएका थिए, जसमा  ८६,२४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यसका साथै दुई जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

    विद्यार्थीहरूले नतिजा प्रकाशन भएको ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, र पूरक प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्। यदि कसैलाई नतिजामा असन्तुष्टि भएमा, उनीहरूले १५ दिनभित्र पुनर्योगको लागि आवेदन दिन सक्छन्, जसका लागि प्रति विषय ५०० रुपैयाँ दस्तुर लाग्नेछ।