१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

साढे ६ सय बचतकर्ताहरू रहेको नागढुंगा सहकारीमा ५ करोडभन्दा बढी रकम अपचलन

पर्वतको फलेवासस्थित नागढुंगा सहकारीमा ५ करोडभन्दा बढी रकम अपचलन भएको पुष्टि भएको छ।



Nagdhunga Sahakari
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २६४
  • पर्वतको फलेवासस्थित नागढुंगा सहकारीमा ५ करोडभन्दा बढी रकम अपचलन भएको पुष्टि भएको छ।

    सञ्चालक समितिका सदस्यहरूकै मिलेमतोमा सहकारीको रकम हिनामिना भएको पाइएको हो। विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीका बचतकर्ताको ४ करोड ८० लाख रुपैयाँ अपचलन भएको खुलेको छ। 

    हाल सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार छन् भने कोषाध्यक्ष दीर्घनारायण शर्मा भने प्रहरीको नियन्त्रणमा रहेका छन्। पर्वत प्रहरीले उनीहरूमाथि पक्राउ पुर्जी जारी गरी कानूनी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

    सहकारी रजिस्टारको कार्यालय, गण्डकीले गरेको छानबिनबाट सहकारीको अपचलनमा १९ जना प्रतिवादी रहेको खुलेको छ। यो सहकारीमा करिब साढे ६ सय बचतकर्ताहरू रहेको बुझिएको छ। घटनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भइसकेको र यसलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।