१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कतारमा फरार अभियुक्त पक्राउ, पत्नीको हत्या आरोपमा नेपाल ल्याइयो

नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा पत्नीको हत्या आरोपमा फरार रहेका ३८ वर्षीय गजेन्द्र वान्तवा राईलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो ।



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१९
  • जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले पत्नीको हत्या आरोपमा फरार रहेका ३८ वर्षीय गजेन्द्र वान्तवा राईलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिएका छन्।

    नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा राईलाई कतारमा पक्राउ गरिएको हो। अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए।

    प्रहरीका अनुसार हत्या पछि फरार भएका राईलाई खोजी गर्ने क्रममा कतारमा लुकिछिपी बसेको थाहा पाएपछि इन्टरपोलको माध्यमबाट रेड कर्नर नोटिस जारी गरिएको थियो। उनलाई मङ्गलबार नेपाल ल्याइएको छ भने धुलावारी इलाका प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।