२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्यालको आक्रमणबाट १३ जना घाइते, दुईको काठमाडौँमा उपचार जारी

सर्लाही जिल्लामा मंगलबार राति गाउँमा पसेको स्यालको समूहको आक्रमणबाट तीन स्थानीय तहका १३ जना घाइते भएका छन्।



Aakraman
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १४१
  • सर्लाही जिल्लामा मंगलबार राति गाउँमा पसेको स्यालको समूहको आक्रमणबाट तीन स्थानीय तहका १३ जना घाइते भएका छन्।

    जंगलबाट गाउँ पसेका स्यालहरूले खेतमा काम गरेर घर फर्कँदै गरेका तथा घरमै रहेका स्थानीयलाई आक्रमण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बसवरिया गाउँपालिकामा नौ, गोडैता नगरपालिकामा तीन, र बलरा नगरपालिकामा एक जना गरी १३ जना घाइते भएका छन्।

    स्यालको आक्रमणबाट गम्भीर घाइते भएकी गोडैता नगरपालिका–१० की इन्दूदेवी बैठा र प्रेमादेवी मण्डललाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेलाई बसवरिया गाउँपालिकाको एम्बुलेन्समार्फत मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ। केही घाइते भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर घर फर्किएका छन्।