१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य स्थिर रहनसक्ने

हालको इरान र इजरायलबीचको आक्रमण इरानको इन्धन खानीतिर केन्द्रित नभएको कारण कच्चा तेलको मूल्य अमेरिकी डलर ७५–८० प्रति ब्यारेलकै आसपासमा रहने अनुमान गरिएको छ।



Oil
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या १७५
  • मध्यपूर्वमा जारी तनावका बाबजुद आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य स्थिर रहनसक्ने बताइएको छ। हालको इरान र इजरायलबीचको आक्रमण इरानको इन्धन खानीतिर केन्द्रित नभएको कारण कच्चा तेलको मूल्य अमेरिकी डलर ७५–८० प्रति ब्यारेलकै आसपासमा रहने अनुमान गरिएको छ। 

    हाल ब्रेन्ट कच्चा तेल अमेरिकी डलर ७४ मा कारोबार भइरहेको छ। 'एमके वेल्थ म्यानेजमेन्ट लिमिटेड'को रिपोर्ट अनुसार कच्चा तेलको मूल्य आगामी वर्ष पनि यही स्तरमा कायम रहनेछ। बजारका अन्य आर्थिक तत्वहरूले तेलको मूल्य बढ्न नदिने र विशेष परिस्थितिमा मात्र मूल्यमा वृद्धि हुनसक्ने उल्लेख गरिएको छ। 

    अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी कायम रहेकाले तेल बजारमा कुनै विशेष दबाब देखिएको छैन। साथै, इजरायलले हालसम्म इरानको तेल खानीमा आक्रमण नगरेकाले तेलको मूल्यमा स्थिरता देखिएको बताइएको छ।