
तेह्रथुम — प्रधानमन्त्री केपी शर्मा ओली बुधबार तेह्रथुम पुगेका छन्। उनले आठराई गाउँपालिका-४ मा नवनिर्मित प्रणामी माध्यमिक विद्यालय भवनको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले उक्त विद्यालयबाट प्राथमिक शिक्षा लिएका थिए। यसै कारण विद्यालयको भवन उद्घाटन कार्यक्रममा उनको विशेष उपस्थिति रहेको थियो।
प्रधानमन्त्री ओली मंगलबार मात्रै झापाबाट काठमाडौं फर्केका थिए। बुधबार हेलिकप्टरमार्फत तेह्रथुम पुगेका उनले विद्यालय भवन उद्घाटनसँगै त्यहाँका स्थानीयसँग पनि संवाद गरेका छन्।
यस विद्यालय भवन निर्माणले आठराईका विद्यार्थीहरूलाई थप गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस