
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ।
निगमका अनुसार हिजो बसेको सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य आजदेखि लागू भएको छ। नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँमा उपलब्ध हुनेछ।
यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको छ।
सुर्खेत र दाङ डिपो अन्तर्गतका क्षेत्रमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ तोकिएको छ। त्यस्तै, बाँकी क्षेत्रमा पेट्रोल प्रतिलिटर १५९.५० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४८.५० रुपैयाँ पर्नेछ।
प्रतिक्रिया दिनुहोस