१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या

सतुंगलमा १७ वर्षीया किशोरी सरिता तामाङको हत्या भएको छ।



Dead
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २९०
  • काठमाडौँ- चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा १७ वर्षीया किशोरी सरिता तामाङको हत्या भएको छ। धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङ सतुंगलस्थित खरिबोटमा डेरा गरी बस्दै आएकी थिइन्।

    उनको हराएको भन्दै दाजुले प्रहरीमा निवेदन दिएका थिए। खोजतलासका क्रममा बुधवार लोबेड मुनि उनको शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानमा उनलाई हत्या गरिएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।