२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ मर्मतको काम तीव्र

बबरमहल क्षेत्रमा बिजुलीका तारलाई भूमिगत बनाउने र फुटपाथ मर्मत तथा विस्तारको काम तीव्र गतिमा भइरहेको छ।



Footpath
  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १०८
  • काठमाडौँ- काठमाडौँको बबरमहल क्षेत्रमा बिजुलीका तारलाई भूमिगत बनाउने र फुटपाथ मर्मत तथा विस्तारको काम तीव्र गतिमा भइरहेको छ।

    नेपाल विद्युत प्राधिकरणले यसअघि काठमाडौँका न्युरोड र दरबारमार्ग क्षेत्रका तारलाई भूमिगत बनाइसकेको छ भने हाल बबरमहल क्षेत्रमा यो काम अघि बढाएको हो।

    यस क्रममा ठाउँ-ठाउँमा ट्रान्समिटरलाई भूमिगत बनाउन खाल्डो खन्ने कार्य भइरहेको छ। साथै, फुटपाथको डिलमा सिमेन्ट ब्लक प्रयोग गरेर मर्मत र विस्तारको काम गरिंदैछ।