१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहकारी ठगी प्रकरण: लामिछानेसहितको बयान सुरु हुँदै

रवि लामिछानेसहित पाँच जनाको बयान आजदेखि जिल्ला अदालत कास्कीमा सुरु हुँदैछ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २८६
  • कास्की, पौष ८- सहकारी ठगीका आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाको बयान आजदेखि जिल्ला अदालत कास्कीमा सुरु हुँदैछ।

    सरकारी वकिलको कार्यालयले आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो। लामिछानेमाथि २७ करोड ८९ लाख बिगो दाबी गरिएको छ।

    सूचना अधिकारी सुरज अधिकारीका अनुसार प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक आदेश हुनेछ। सहकारी ठगीका मुख्य योजनाकार जीबी राईसहित केही आरोपी अझै फरार रहेका छन्।