१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मापदण्ड विपरीत वर्कसप सञ्चालनमा, महानगरपालिकाले लगायो ताला

मापदण्डविपरीत सञ्चालन भइरहेको मोटरसाइकल वर्कसपलाई काठमाडौं महानगरपालिकाले ताला लगाएको छ।



Mahanagar
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७२
  • काठमाडौं, पुस ११ — मापदण्डविपरीत सञ्चालन भइरहेको मोटरसाइकल वर्कसपलाई काठमाडौं महानगरपालिकाले ताला लगाएको छ।

    महानगरपालिका-३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा पटक–पटक हटाउन सूचित गर्दा पनि अटेर गरेपछि ताला लगाइएको हो।

    महानगर प्रहरीका एक अधिकारीका अनुसार, वर्कसप हटाउन बारम्बार आग्रह गरिए पनि कुनै पहल नभएपछि बाध्य भएर यस्तो कदम उठाइएको हो।

    ‘हामीले बाइक वर्कसप हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएका हौं,’ उनले भने।

    महानगरले वर्कसप हटाउनुअघि पटकपटक चेतावनी दिएको भए पनि व्यवसायीले अटेर गर्दै मापदण्ड उल्लङ्घन गर्दै आएको बताइएको छ।