१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देशभर चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

प्राधिकरणले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई विशेष ध्यान दिन तथा न्यानो कपडाको प्रयोग गर्न आग्रह गरेको छ।



Chiso
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७२
  • काठमाडौं, पुस १२ - देशभर चिसो बढ्ने र शीतलहर चल्ने चेतावनीसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।

    जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा प्राधिकरणका प्रवक्ताले  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज अपराह्नदेखि मौसम बदली हुने जानकारी दिएका छन्।

    उनका अनुसार हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा शीतलहर र देशका धेरै स्थानमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ।

    भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ।

    प्राधिकरणले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई विशेष ध्यान दिन तथा न्यानो कपडाको प्रयोग गर्न आग्रह गरेको छ।

    साथै, चिसोबाट हुने स्वास्थ्य समस्याबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अपिल गरिएको छ।