२७ पुष २०८१ शनिबार | 11 Jan 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सूर्यदर्शन सहकारी प्रकरणमा आज सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउन सक्ने

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने भएको छ। बहस सकिएपछि आजै अदालतले आदेश दिने सम्भावना रहेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ६३
  • पोखरा, पुस २५ - पोखराको चर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने भएको छ। बुधबार प्रतिवादीतर्फबाट थुनछेक बहस सकिएपछि जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो।

    कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार, आज उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका वकिलहरूले प्रतिवादीले उठाएका विषयमा जवाफी बहस गर्नेछन्। बहस सकिएपछि आजै अदालतले आदेश दिने सम्भावना रहेको छ।

    फैसलाको मिति नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा पारिएको छ। बुधबारदेखि नै जिल्ला अदालत आसपासमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। आज पनि सुरक्षा व्यवस्था थप कडा पारिने र सरकारी कामका लागि कागजात देखाएरमात्रै प्रवेश दिइने प्रशासनले जनाएको छ।

    प्रशासनले राष्ट्रबैंक चोकदेखि कोमागाने पार्कसम्म, रत्नचोकदेखि मालपोत कार्यालयसम्म, र मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने चोकसम्म निषेधित क्षेत्र घोषणा गर्दै सवारी आवागमन रोक लगाएको छ। कामको प्रमाण नदेखाएका नागरिकलाई प्रवेश निषेध गरिएको छ।

    दुई दिनअघि अदालत गेटबाहिर भएको अनपेक्षित गतिविधिपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा गरेको हो। बुधबार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले अदालत क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो।

    यस प्रकरणमा सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, रविका सहयोगी लिला पछाईं, पूर्व सांसद मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस हुँदैछ। न्यायाधीश नीतिज राइको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्नेबारे फैसला गर्नेछ।

    यसअघि, सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो मागदाबी गर्दै पुस ५ गते थप र ७ गते पूरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गरेको थियो।