१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

लेकसाइडबाट सहिदचोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको हो।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११८
  • पोखरा, माघ २७ - पोखराको लेकसाइडमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

    लेकसाइडबाट सहिदचोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको हो।

    प्रहरीका अनुसार, दुर्घटनामा कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ। उनीहरू गम्भीर घाइते भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएका थिए। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

    प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।