काठमाडौं, फागुन ६ – गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियन सजन श्रेष्ठसहित चारजनाविरुद्ध प्रहरीमा उजुरी परेको छ।
नेवार समुदायका १५ जनाले काठमाडौं प्रहरी परिसरमा उजुरी दिँदै कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाले आफ्नो समुदायको संस्कृति र परम्परालाई अपमान गर्ने भाषा प्रयोग गरेको आरोप लगाएका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार प्रहरीमा निवेदन दर्ता भइसकेको छ। उनले भने, "यो जाहेरी होइन, निवेदन हो। दुवै पक्षलाई राखेर छलफल गरिनेछ।"
नेवार समुदायका व्यक्तिहरू नाराबाजीसहित प्रहरी परिसरमा पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस