६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुर होली हत्याकाण्ड: विवादकै बीच छुरा प्रहार, १९ वर्षीय युवकको मृत्यु

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार हुँदा धनुषामा एक युवकको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १६२
  • जनकपुरधाम, चैत्र ३ – होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार हुँदा धनुषामा एक युवकको मृत्यु भएको छ।

    शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको घटनामा १९ वर्षीय आँशु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ निवासी २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ।

    प्रारम्भिक अनुसन्धानअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो। विवादकै क्रममा धर्मेन्द्र महतोले छुरा प्रहार गर्दा आँशु यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिएका छन्।