१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्ववियु चुनावका कारण परीक्षा स्थगित, विद्यार्थीले गरे विरोध

विद्यार्थीहरूले भने पूर्व जानकारी नदिई परीक्षा रोकिएकोमा आपत्ति जनाएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७४
  • सुर्खेत, चैत्र ३ - मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा एक्कासि स्थगित गरेको छ।

    विद्यार्थीले उत्तरपुस्तिका भरिसकेको अवस्थामा परीक्षा स्थगनको सूचना दिइएपछि उनीहरू आक्रोशित बनेका छन्। विश्वविद्यालयले स्पष्ट कारण नखुलाए पनि रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्ववियु चुनावका कारण यस्तो भएको बताएका छन्।

    विद्यार्थीहरूले भने पूर्व जानकारी नदिई परीक्षा रोकिएकोमा आपत्ति जनाएका छन्। 'हामी अध्ययन गर्न आएका हौँ, चुनावका कारण हाम्रो भविष्यसँग खेलबाड गरियो,' एक विद्यार्थीले गुनासो गरे।

    परीक्षाको नयाँ मिति विश्वविद्यालयले अहिलेसम्म घोषणा गरेको छैन।