१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बागलुङमा दुई करोडको वृद्धाश्रम दुई वर्षदेखि प्रयोगविहीन

परिवारबाट अपहेलित वृद्धवृद्धाका लागि निर्माण गरिएको आश्रम बेवारिसे बनेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७४
  • बागलुङ, वैशाख ८ - बागलुङ नगरपालिका–४ नियरघाटमा दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम दुई वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन। परिवारबाट अपहेलित वृद्धवृद्धाका लागि निर्माण गरिएको आश्रम बेवारिसे बनेको छ।

    नगरप्रमुख वसन्तकुमार श्रेष्ठले अहिलेसम्म आश्रय माग्न कोही नआएकाले भवन प्रयोगविहीन भएको बताए। हाललाई मानव सेवा आश्रमलाई प्रयोग गर्न दिने निर्णय गरिएको छ।

    भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा र २० कोठा रहेका छन्। स्थानीयले यस्तो संरचना प्रयोगमा नआउनु दुःखद् बताएका छन्।