१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विपद्‌मा सबैको भूमिका आवश्यक : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले प्रकृतिको नियम उल्लंघन गर्दा आफैँ जोखिममा पर्ने बताएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१४
  • ललितपुर, वैशाख १२ - गृहमन्त्री रमेश लेखकले प्रकृतिको नियम उल्लंघन गर्दा आफैँ जोखिममा पर्ने बताएका छन्। ललितपुर महानगरपालिकाले २०७२ को भूकम्प स्मरणमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रकृति बिगार्दा मानव जीवनमा खतरा आउन सक्ने बताए।

    पर्यावरण संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले विपद्‌ न्यूनीकरणमा सबै नागरिकको भूमिका आवश्यक रहेको बताए।

    नेपालको भूगोल संवेदनशील भएकाले भूकम्पजस्ता विपद्का लागि सधैं सतर्क रहनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए।