१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानको आत्महत्या

पोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३६६
  • पोखरा, वैशाख २३ - पोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

    पोखरा महानगरपालिका–१७ निवासी ऋषिराम बरालले घरायसी झगडापछि श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार बराल दुई श्रीमती भएका व्यक्ति थिए। उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए। “घरायसी झगडा हुँदा रिसको आवेगमा श्रीमतीको हत्या गरेर पछि उनले पनि आत्महत्या गरेका हुन्,” बस्नेतले बताए।

    घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।