१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देशको निकास नेपाली विशेषताको समाजवादमै : कपिल सी



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३०३
  • गोरखा, वैशाख २५ — नेपाल कम्युनिष्ट पार्टीको गोरखा जिल्ला अन्तर्गत आरुघाट गाउँपालिकामा आयोजित प्रथम मेला सम्पन्न भएको छ। उक्त भेलालाई सम्बोधन गर्दै नेकपा गोरखाका इन्चार्ज कपिल सीले देशले नेपाली विशेषताको समाजवादको बाटो नअपनाएसम्म जनताले सुख र समृद्धि प्राप्त गर्न नसक्ने धारणा व्यक्त गरे।

    उनले वर्तमानमा देखिएका सम्पूर्ण समस्याको समाधान समाजवादी प्रणालीमार्फत मात्र सम्भव हुने बताउँदै त्यसका लागि सम्पूर्ण जनता नेपाल कम्युनिष्ट पार्टीमा एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए।

    भेलामा उनले बुढीगण्डकी जलविद्युत् परियोजनाका पीडितहरूले अझैसम्म पनि उचित मुआब्जा नपाएको उल्लेख गर्दै त्यसको मुख्य कारण एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दलहरूको गैरजिम्मेवारी नीति रहेको आरोप लगाए। उनले उक्त परियोजना अघि बढाउन सक्ने सामर्थ्य नेपाल कम्युनिष्ट पार्टीसँग मात्र रहेको दाबी गरे।

    भेलाबाट तारा सीको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रममा अध्यक्षता कपिल सीले गरेका थिए भने सञ्चालन तारा सीले गरेका थिए।