१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन माग

सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन सरकारसँग माग गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११२
  • काठमाडौं, जेठ ५ - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा बनाएको उपसमितिले सहमति जुटाएको विधेयक संसदमा छिटो पेश गर्नुपर्ने बताएका हुन्।

    सांसद केसीले मुलुकमा सुशासन कायम गर्नका लागि अख्तियारसम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गर्दै उक्त विधेयक ल्याइएमा सुशासनको बाटोमा देश अघि बढ्न सक्ने धारणा राखे।

    उनले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयहरू पनि संविधानको दायरामा परेकाले ती निर्णय सुशासनको मापदण्डमा खरा उत्रिने कि नउत्रिने भन्ने मूल्यांकन गर्न सकिने व्यवस्था विधेयकमार्फत सुनिश्चित गर्नुपर्ने बताए।