१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा

लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १०६
  • काठमाडौं, जेठ ५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

    यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने इजलासमा परेको सो रिट आइतबार हेर्न मिल्ने इजलासमा तोकिएको हो। अब उक्त रिट सोमबार ‘घ’ नम्बरमा पेशीमा राखिएको छ।

    लामिछाने हाल भैरहवा कारागारमा छन्। उनलाई सहकारी ठगी तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो।

    सोमबारको पेशीमा लामिछानेको मुद्दाभन्दा अघि पनि भ्रष्टाचार र बन्दीप्रत्यक्षीकरणसम्बन्धी अन्य मुद्दाहरू रहेका छन्।