१० जेठ २०८२ शनिबार | 24 May 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ५७
  • काठमाडौँ, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

    जाहेरवाला र प्रतिवादी पक्षका वरिष्ठ कानुन व्यवसायीहरूको उपस्थितिमा व्यापक बहस गरिएको छ।

    जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस प्रस्तुत गरे।

    त्यसपछि प्रतिवादी रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र अधिवक्ता रमनकुमार श्रेष्ठ तथा छविलाल जोशीको तर्फबाट अधिवक्ता सतिषकृष्ण खरेलले जवाफी बहस गरे।

    सुनुवाइ सकिएपछि अदालतले आदेश लेखन कार्य सुरु गरिसकेको छ र आजै आदेश आउने सम्भावना रहेको छ। यो मुद्दालाई लिएर देशभर व्यापक चासो रहेको छ।