१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

सडक मर्मत तथा सुधार कार्यका कारण नागढुंगा–नौबिसे सडक खण्ड पाँच दिनका लागि बन्द हुने भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५६
  • काठमाडौं, जेठ २५ - सडक मर्मत तथा सुधार कार्यका कारण नागढुंगा–नौबिसे सडक खण्ड पाँच दिनका लागि बन्द हुने भएको छ।

    नागढुंगा–मुग्लिङ्ग सडक आयोजना (पूर्वी खण्ड) का अनुसार आगामी जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक आवागमन बन्द रहनेछ।

    सुधार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सडक बन्द गर्नुपर्ने भएको आयोजना कार्यालयले जनाएको छ।

    यस अवधिमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। यात्रु तथा सवारी चालकहरूले सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी मार्ग प्रयोग गर्न सूचित गरिएको छ।

    प्रमुख सडक बन्द हुँदा यात्रुहरूलाई असुविधा हुन सक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा योजना बनाउन आयोजनाले आग्रह गरेको छ।